Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

'ह्याप्पी बर्थ-डे' रेखा थापा !

फिल्मीखबर, काठमाडौं, 2017/08/21
 
अभिनेत्री रेखा थापाले आज (भाद्र ५ गते) आफ्नो जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी रेखा नायिका, निर्देशक, निर्माता, संगीतकार, निर्मात्री हुन् । छविराज ओझाको फिल्म 'हिरो' देखि प्रदर्शनको क्रममा रहेको फिल्म 'रुद्रप्रिया' सम्म आउँदा रेखाको चर्चाले कमी पाएको छैन । डेढ सय बढि फिल्ममा अभिनय गरी सकेकी रेखा एक दशक अगाडी देखि नम्बर वान अभिनेत्रीको यात्रामा स्थिर छिन् ।
 
रेखा अभिनित हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्‍यो मेरो मन, मालतीको भट्टी जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन फिल्मले व्यवसायिक सफलता हासिल गरेका छन् । पर्दामा अभिनेत्री थापाको प्रतिस्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग रेखाको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा को पराजित भयो ? ईतिहास बोल्नेछ ।
 
पर्दामा सफल रहेकी अभिनेत्री थापाको वैवाहिक जीवन भने असफल रह्यो । 'हिरो' फिल्म खेले लगत्तै निर्माता छविराज ओझासँग रेखाको बिहे भएको थियो । वैचारिक मतभेदका कारण करिब १२ वर्ष पछि रेखा छवि एक आपसमा छुट्टिए । यद्पी व्यवसायिक सम्बन्धलाई भने यी दुईले कायम राख्ने बताएका छन् ।
 
करिअरको चरम बिन्दुमा आएर अभिनेत्री थापाले एमाओवादीमा प्रवेश गरिन् । गएको वर्ष माओवादी छाड्दै उनले कमल थापा नेतृत्वको राप्रपा नेपाल चुनिन् । ब्यान्डबाजासहित राप्रपा नेपालमा प्रवेश गरेकी रेखाले फेरि गएको महिना कमल थापाको साथ छाड्दै पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिक रोजिन् । उनको राजनीतिक यात्राको पनि बेलाबखतमा खुबै आलोचना हुने गर्छ । उनी अभिनित नयाँ फिल्म 'रुद्रप्रिया' कात्तिक २ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा आठ वर्षसम्म बोलचाल बन्द भएका नायक आर्यन सिदेल र नायिका रेखाको जोडी देख्न सकिन्छ । 
 
जीन्दगीका पाइलाहरु जसरी अगाडि बढाएपनि नेपाली फिल्मकी नम्बर वान नायिका रेखाथापा लाई फिल्मीखबरको तर्फबाट आगामी फिल्म र राजनीति करिअरको लागि सफलताको शुभकामनासँगै जन्मदिनको पनि शुभकामना !
Most Visited News (monthly)