Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साहो’ मा श्रद्धासँग प्रभासको रोमान्स

एजेन्सी, मुम्बई, 2017/08/17
 
साउथ सुपरस्टार प्रभास चाँडै बलीउडमा डेब्यू गर्दैछन् । स्रोतका अनुसार, फिल्म  ‘साहो’मा प्रभासको अपोजिटमा श्रद्धा कपूर देखिँदैछिन् । फिल्मका प्रोड्यूसरले भने, 'श्रद्धा यो भूमिकाका लागि परफेक्ट च्वाइस हुन् । म उनलाई हामीसँग अन-बोर्ड देखेर निकै खुशी छु । यो प्रभासको पहिलो फिल्म हो, यसैकारण हाम्रो लागि अझ खास छ । ‘साहो’ एम्बिशियस प्रोजेक्ट हो, जसमा धेरै एक्सन सिनहरु छन् ।'
 
फिल्ममा प्रभासको अपोजिटमा पहिला अनुष्का शेट्टीलाई फाइनल गरिएको थियो तर तौलका कारण उनको ठाउँ श्रद्धाले लिएकी हुन् । पहिलो पटक साउथका सुपरस्टार र बलीउडकी चर्चित नायिकाले एकसाथ पर्दामा रोमान्स गर्नेछन् । ‘साहो’ हिन्दी, तामिल र तेलुगु भाषामा बन्नेछ । फिल्मलाई सुजितले निर्देशन गर्दैछन् । 
 
बलीउड अभिनेता नील नितिन मुकेश यो फिल्ममा भिलेनको भूमिकामा छन् । भारतसँगै अबु धाबी र यूरोपमा खिचिने फिल्म २०१८ मा प्रदर्शनमा ल्याइने तयारी भैरहेको छ । फिल्मको बजेटको ठूलो हिस्सा एक्सन सिनका लागि खर्चिएको छ । 
Most Visited News (monthly)