मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

औषधी र खाद्यान्न लिएर तराई झरे 'धुर्मुस'

फिल्मीखबर, काठमाण्डौ, 2017/08/13
 
केही दिनदेखीको लगातार वर्षाका कारण तराईका केही जिल्लाहरुमा क्षति हुने क्रम बढेको छ । बर्षासंगै आएको बाढी र जमेको पानीका कारण तराईमा मानवीयसहित भौतिक क्षति बढेको हो । बाढीका कारण घर बस्ती डुबानमा पर्दा कतिपय स्थानका स्थानीयबासी विस्थापित समेत बन्न पुगेका छन् । त्यस्तै लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जाने क्रम बढेको छ ।
 
बाढी पीडितलाई सहयोग गर्न अहिले चलचित्रकर्मीहरु पनि अग्रसर भएका छन् । यस्तैमा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) राहत साम्रागी लिएर तराई झरेका छन् । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै (धुर्मुस)ले अब केही घण्टा भित्रमा बाढी प्रभावित ठाउँमा राहत सामाग्री लिएर पुग्ने बताए । उनले भने, 'धुर्मुस सुन्तली फाउन्डेशनको सक्रियतामा बाढीबाट प्रभावित भएका जनताका लागि राहत संकलन गर्न अहिले म बर्दिवासमा छु । हामी अहिले राहत र उद्धारमा खटिनका लागि तयारी अवस्थामा छौं । अहिले हामी रौतहट जाने कि सिराह-सप्तरी जाने भन्ने विषयमा छलफल गरिरहेका छौं । कतिपय ठाउँहरुमा बाढीका कारण खडक अवरुद्ध भएका छन् । यसले राहत पुर्‍याउन केही कठिन देखिएको छ । एउटा गाडी यताबाट लैजाने र अर्को गाडी उताबाट बोलाएर राहत वितरण गर्ने विषयमा पनि अहिले हामी छलफल गरिरहेका छौं ।' 
 
उनले अगाडि थप्दै भने, 'महोत्तर बर्दिवासका मेडिकल टिम, समाजसेवी, होटल व्यवसायहरुसँग समवन्य र सहकार्य गर्दै र स्थानीय प्रशासनमार्फत बाढी प्रभावित ठाउँहरुको जानकारी लिँदै कहाँ तत्काल राहत पुर्‍याउन आवश्यक छ भन्ने विषयमा पनि छलफल भैरहेको छ । अहिले जहाँ खाद्य संकट छ त्यहाँ तत्काल खाद्यान्न पठाउने तयारी हुँदैछ । खाद्यन्यसँगै लत्ताकपडा, औषधीको पनि हामीले व्यवस्था गरिरहेका छौं ।' उनले राहत लिएर महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका बाढी प्रभावित ठाउँमा पुग्ने पनि बताए ।