मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बाढी पीडितलाई दीपक र पूजाको १-१ लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/08/13
 
पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । तराईका बासिन्दा सबैभन्दा बढी मारमा छन् । कतिपयका परिवार र आफन्तको ज्यान गएको छ । हजारौं घर छाडेर विस्थापित हुनु परेको छ । धेरै बाढी प्रभावित भोकै छन् । ज्यानमा एकसरो लुगाबाहेक अरुथोक छैन । पानी थामिएला र डुबेको घरभित्र केही बाँकी छ कि भनेर खोज्ने पखाईमा छन् ।
 
बाढीबाट प्रभावित भएका जनतालाई सहयोग जुटाउन चलचित्रकर्मीहरु पनि अग्रसर भएका छन् । हास्यकलाकार दीपकराज गिरीले ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका छन् । नायिका पूजा शर्माले पनि आफूले बाढी पीडितका लागि ड्राइफुड र लत्ताकपडाको व्यवस्था गरिरहेको र व्यक्तिगत तर्फबाट १ लाख सहयोग गर्ने फेसबुकबाट घोषणा गरेकी छिन् । 
 
यस्तै, हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन् भने नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् । चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो । विभिन्न चलचित्रकर्मीहरुले पनि बाढी पीडितका लागि व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम जारी छ ।