मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिट बन्यो ‘तिमी रोएको पल’

फिल्मीखबर, काठमाण्डौ, 2017/08/13
 
पछिल्लो समय संगीतकार अर्जुन पोखरेलको संगीत विनाको नेपाली फिल्मको गीत कमै सुन्न सकिन्छ । फिल्म 'बिन्दास'को 'सुन्छु तिमीले मलाई' बोलको गीतबाट चर्चा कमाएका अर्जुनले फिल्म 'म यस्तो गीत गाउँछु'को 'भन्छु आज'सम्म लगभग सबै हिट गीत दिएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमि रोएको पल’ लाई पनि दर्शकले मन पराएका छन् । फिल्म ‘ऐश्वर्य’ मा समावेश यो गीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका हुन् । 
 
मुस्ताङका रमणीय दृश्य कैद गरिएको गीतलाई युट्युबमा सार्वजनिक गरिएको दुई दिनमा ५ लाख ५२ हजार बढीले हेरिसकेका छन् । पहिलो गीतबाट फिल्म 'ऐश्वर्य' दर्शकको आँखामा परेको छ । पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको अवस्थामा 'ऐश्वर्य'लाई पनि यो गीत दर्शक तान्ने फर्मुला बन्ने पक्का छ । यो गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । सुदीप बरालले खिचेको गीतमा फिल्मका मुख्य कलाकार रमेश उप्रेती र दीपिका प्रसाईं देखिएका छन् ।
 
भिडियो हेर्नुस् :-
 
 
‘हामीले गरेको मेहनत सफल भएको छ’ रमेशले भने ‘मुस्ताङमा गरिएको दुखलाई पर्दामा हेर्दा बजाइएको तालीले बिर्साईसकेको छ ।’ फिल्मका निर्देशक दिवाकर भट्टराई पनि निकै खुसि छन् । ‘मैले सोचेको भन्दा राम्रो रेस्पोन्स आयो’ दिवाकर भन्छन ‘अब झनै च्यालेन्ज बढेको छ ।’ गीतमा रमेशको जोडी बनेकी छिन दीपिका प्रसाईं । डेब्यु गर्ल दीपिकाले पनि पहिलो गीतबाट नै आफुलाई मार्क गर्न सफल भएकी छिन ।
 
फिल्ममा उनी सुपर मोडलको रुपमा छिन् । फिल्ममा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने निर्मल शर्मा सह( निर्माता रहेका छन् । फिल्ममा सम्पादन दिर्घ खड्का , संगीत अर्जुन पोखरेल र बिराज गौतम , कलर राजेन्द्र मोक्तान , द्वन्द हिमाल केसीको रहेको छ । फिल्ममा रमेश र दीपिकासंगै केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । यो फिल्म कात्तिक २ गतेबाट प्रदर्शनमा आउँदैछ ।