मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ए मेरो हजुर २' मा साम्राज्ञीको रोजाइ थिए सलिन

फिल्मीखबर, काठमाण्डौ, 2017/08/13
 
भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ फिल्म 'ए मेरो हजुर २' । झण्डै डेढ दशक अगाडि प्रदर्शनमा आएको झरना थापा र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको सुपरहिट फिल्म 'ए मेरो हजुर'को नेम सिक्वेल 'ए मेरो हजुर २' बाट झरनाले पहिलो पटक निर्देशनमा हात हालेकी छन् । ४ वर्ष अगाडि हङ्गकङ्गमा सम्पन्न नेफ्टा अवार्डमा 'ए मेरो हजुर २' फिल्मको घोषणा गरिएको थियो । तर, विभिन्न कारणले फिल्मको छायाँकन ३ वर्षपछि सुरु भयो । 
 
गएको वर्ष फिल्मको छायाँकन सकिएको हो । फिल्मको छायाँकन ढिलो हुनुको कारण कलाकार फाइनल नहुनु नै थियो । नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले फिल्मका लागि थुप्रै नयाँ तथा पुराना अनुहारहरु हेरेका थिए तर धेरै पटकको भेटपछि नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भईन् । 'ड्रिम्स'बाट लोकप्रियता कमाएकी साम्राज्ञीलाई 'ए मेरो हजुर २' मा साइन गराउन निर्माण पक्षलाई कम्ता गाह्रो थिएन । महँगो पारिश्रमिकमा साम्राज्ञीले 'ए मेरो हजुर २' साइन गरेको चर्चा छ । 
 
साम्राज्ञी नायिकामा फाइनल भएपनि नायकको टंगो लगाउन फेरि निर्माण पक्षको पसिना छुट्यो । झरनाले दर्जन बढी युवाको फोटो ल्याएर साम्राज्ञीलाई देखाइन् तर उनले कसैलाई पनि 'ओके' भनिनन् । निर्माण पक्षलाई तोकिएको मितिमा छायाँकनमा जान नसक्नुको पीडा त थियो नै अझ साम्राज्ञीले आफूलाई सुहाउने जोडी फाइनल नगर्दा झरनाको भोकनिन्द्रा हराएको थियो ।
 
यस्तैमा झरनाको हातमा पर्‍यो एक चकलेटी केटाको फोटो । उनी थिए सलिनमान बाँनिया । सलिनको फोटो आफ्नो हातमा पर्न साथ झरनाले लगभग फाइनल गरिसकेकी थिइन् तर साम्राज्ञीले के गर्लिन् भन्ने डर पनि उनलाई उतिक्कै थियो । 
 
झरनाले सलिनको फोटो साम्राज्ञीलाई देखाइन् । फोटोभन्दा अगाडि नै साम्राज्ञीले सलिनलाई रियलमै एक फेसन विकमा देखिसकेकी रहेछिन् । साम्राज्ञीले एकैसासमा सलिनलाई आफ्नो जोडीको रुपमा स्वीकार गरिन् । साम्राज्ञी र झरनाको रोजाईलाई अहिले सबैले मन पराएका छन् । सलिनमान बाँनिया पहिलो फिल्म रिलिज नहुँदै चर्चामा छन् । गीतसंगीत र ट्रेलरमा साम्राज्ञी र सलिनको जोडीलाई दर्शकहरुले खुबै रुचाएका छन् । 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। 
 
यो फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।