मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो बच्चाको बारेमा ऐश्वर्याको यस्तो खुलासा

एजेन्सी, मुम्बई, 2017/08/13
 
बलीउडमा केही दिनयता स्टारहरुको घरमा नवजात बच्चाको बारेमा थुप्रै खबरहरु बाहिर आइरहेका छन् । पहिले शाहिद कपूरको घरमा छोरीको जन्म भयो । त्यसपछि सैफ र करिनाको घरमा छोराको जन्म भयो ।
 
भारतीय सञ्चार माध्यमका अनुसार बच्चन परिवारमा अब फेरि कहिले ऐश्वर्या र अभिषेकको अर्को बच्चा हुन्छ भन्ने बारेमा निकै चर्चा भइरहेको छ । यस विषयमा ऐश्वर्या राय बच्चनले आफू फेरि कहिले आमा भन्ने बारेमा खुलासा गरेकी छिन् । 
 
हालै एक ऐश्वर्या स्टेम सेल संरक्षण गर्ने कम्पनीमा आवद्ध भएकी छिन् । उक्त कम्पनीको कार्यक्रममा उनले स्टेम सेल संरक्षणको फाइदाको बारेमा बताउँदै आफ्नो छोरी आरध्याको जन्म भएको समयमा पनि आफूले स्टेम सेल संरक्षण गराएको बताइन् । 
 
यसैबिच ऐश्वर्यालाई पत्रकारको प्रश्न आयो अब कहिले दोस्रोपटक यो सुविधाको फाइदा उठाउने त ? उनले हाँस्दै भनिन् , 'तपाईहरुले यो प्रश्न सोध्नुहुन्छ भन्ने लागेको थियो । बच्चा भगवानको देन हो, समय आएपछि आफै हुन्छ । अहिले नै दोस्रो सन्तानको योजना भने बनाएका छैनौं ।'