मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कस्तो छ 'ग्याङ्गस्टर' जोडी ? (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2017/08/13
 
लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म 'ग्याङ्गस्टर ब्लूज' भाद्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ट्रेलर र गीतसंगीतका कारण पनि प्रतिक्षित बनेको फिल्मको अहिले प्रचार-प्रसार आक्रामक बनाइएको छ । केहीदिन अगाडि फिल्म युनिट मोफसल दौडाहाबाट काठमाडौं फर्किएको छ । अहिले सबैभन्दा बढी चर्चा छ त नव-नायक आशिरमान देशराज श्रेष्ठको । 'ग्याङ्गस्टर ब्लूज'मा उनको मुख्य भूमिका छ । 
 
 
फिल्म अगाडि नै युवापुस्तामाझ देखिएको उनको क्रेजले आशिरमानलाई संभावना बोकेको नायकको रुपमा हेरिएको छ । मोफसल दौडाहामा आशिरमानलाई देखेपछि युवती फ्यानहरुको रुवाबासीले पनि यसलाई थप प्रमाणित गर्छ । फिल्म रिलिज अगाडि नै आशिरमानले लोभलाग्दो युवती फ्यान बनाएका छन् । 
 
 
यस्तै, आना शर्मापनि दर्शकहरुको आँखामा परेकी नायिका हुन् । अनमोल केसी अभिनित फिल्म 'जेरी'बाट नेपाली रजतपटमा भित्रिएकी आना झण्डै ३ वर्षपछि पर्दामा फर्किएकी हुन् । यो फिल्ममा आना र आशिरमानको लभ केमेष्ट्री देख्न सकिन्छ । ट्रेलर र गीतसंगीतबाट अहिले आशिरमान र आनाको जोडीले तारिफ पाइरहेको छ । 
 
 
'ग्याङ्गस्टर ब्लूज' दर्शकहरुका लागि मात्र होइन आना र आशिरमानका  दुवैका लागि पनि उतिक्कै विशेष छ । आशिरमान 'ग्याङ्गस्टर ब्लूज'बाट स्टार नायक बन्ने दौडमा छन् भने आना ३ वर्षपछि पर्दामा फर्किदैछिन् । ३ वर्षसम्म दर्शकले सम्झिए वा विर्सिए ? यसका लागि पनि आनाका लागि 'ग्याङ्गस्टर ब्लूज'ले विशेष अर्थ राख्छ । आशिरमानले १५ लाख परिश्रमिकमा फिल्म 'ब्रेकअप' साइन गरिसकेका छन्, यसैले पनि उनका लागि 'ग्याङ्गस्टर ब्लूज' हिट हुन अत्यन्त आवश्यक छ । 
 
 
'ग्याङस्टार ब्लुज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
तश्वीर : विवेक बस्याल