मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘संरक्षण’को सुखद ओपनिङ

फिल्मीखबर, काठमाण्डौ, 2017/08/12
 
लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेको छ । अविरल वर्षाले इटहरीको मध्यभाग खनार र खनारसंग सीमा जोडिएका झण्डै एक हजार घर डुबानमा परेका छन् । बर्षाका कारण अहिले तराईका अधिकांश ठाउँहरुको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्ला सदरमुकामहरु जलमग्न छन्। यसको असर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’लाई परेको छ । लगातारको वर्षाका कारण निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ तरार्इका २१ स्थानहरुमा प्रदर्शन हुन सकेन । 
 
फिल्मका निर्माता प्रदीप कुमार उदयले विर्तामोड, दमक, विराटनगर, जनकपूर, राजविराज लगायत २१ शहरमा संरक्षणको प्रदर्शन स्थगित भएको जानकारी दिए । उनले भने, 'जतिपनि हलमा फिल्म प्रदर्शन भैरहेको छ त्यहाँ शुक्रवार र शनिवार हाउसफूलको रिपोर्ट प्राप्त भएको छ । राजधानीका मल्टिप्लेक्स र सिंगल हलहरुमा पनि फिल्म ‘संरक्षण’ले दर्शकको राम्रो साथ पाएको छ ।' उनका अनुसार, वर्षा रोकिएपछि प्रदर्शन स्थगित भएका २१ शहरहरुमा ‘संरक्षण’ प्रदर्शन हुनेछ । 
 
राजनीतिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पुर्‍याउँछ भन्ने कथा बोल्छ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । 
 
फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।
 
फिल्ममा नायक निखिल उप्रेती ‘एसपी खरेल’ र सौगात मल्ल ‘डीएसपी थारु’को भूमिकामा देखिएका छन् । निखिल र सौगातको भूमिका दमदार छ । यस्तै, मधेसका नेताको भूमिकामा प्रस्तुत भएका कलाकार रमेश रन्जन झा र उनका सहायकको भूमिका निर्वाहा गरेका प्रमोद अग्रहरी उर्फ चितक्रोब्राको अभिनय पनि गज्जब छ । नायिका द्धय मलिना जोशी र अशिष्मा नकर्मीको अभिनय पनि तारिफ योग्य छ । माया प्रेमसँगै फिल्म ‘संरक्षण’ले तराई क्षेत्रमा हुने राजनीतिक विषयवस्तुलाई आकर्षक तरिकाले प्रस्तुत गरेको छ ।