निर्देशक विशाल भारद्धाज आफ्नो नयाँ फिल्म ‘सपना दिदी’बनाउने तयारीमा छन्, जसमा दीपिका पादुकोणले सपना दिदीको भूमिका निर्वाहा गर्दैछिन् । अहिले दीपिका 'पद्मावती'को सुटिङमा व्यस्त छिन् । उक्त फिल्मको काम सकिए लगत्तै उनले ‘सपना दिदी’को सुटिङ सुरु गर्नेछिन् ।
विशाल अहिले फिल्मको संगीतमा ध्यान दिँदैछन् । 'सपना दिदी धेरै नै सुन्दर युवती थिइन्, जो आफ्नो पतिको हत्याको बदला लिने एकमात्र उद्धेश्यले पछि एक खतरनाक र क्रुर ग्याङ्गस्टार बनिन् ।' उनको पहिचानको बारेमा क्राइम पत्रकार एस. हुसेन ज्यादीले आफ्नो पुस्तक 'मुम्बईकी माफिया क्विन' मा लेखेका छन् । यो फिल्म थ्रिलर जानराको हुनेछ ।
फिल्ममा इरफान खान सपना दिदीलाई उनको पतिको बदला लिनेको लागि ट्रेनिङ दिन्छन् । इरफानको भूमिका फिल्ममा यस्तो व्यक्तिको छ, जो महिलाप्रेमी हुन्छ र सपना दिदीलाई मन पराउँछन् । तर, सपना दिदीलाई मद्धत गर्दै गर्दा उनको धेरै रंग देख्न मिल्छ, जुन धेरै नै रोचक हुनेछ ।