मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘कहानी यो प्रेमगीतको’ प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/08/12
 
‘प्रेमगीत २’ ले आयोजना गरेको कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषणा गरिएको छ । फिल्म निर्माण कम्पनी आसुसेन फिल्मसले युट्युब भ्युज र वाइल्डकार्ड इन्ट्रीको आधारमा सूचि सार्वजनिक गरेको हो । 
 
युट्युव भ्युज आधारमा छानिने प्रतिस्पर्धीहरुमा राहुल रक्स, सिर्जल र मोनालिसा, आज्ञा झा, प्रदीप लामा र नीता थापा, केदार भट्ट, अमृत भट्ट, रविन स्वाँर काजी, मन्दीप डंगोल, सुरेश भुषालु र अपेक्षा केसी छन् । यस्तै, वाइल्डकार्ड इन्ट्रीका आधारमा छानिनेहरुमा विकास लिम्बु, बादल थापा,  सुमिना लाना, बबिना किराँती, प्रियंका खत्री, रञ्जन राई, हेमा तामाङ र आकाश आनन्द छन् । 
 
आगामी साता आयोजना हुने ‘प्रेमगीत २’ को सक्सेस पार्टीमा विजयी घोषणा गरिने निर्माण कम्पनीले जनाएको छ । आशुसेन फिल्मसले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको...’ माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरेको थियो । ‘प्रेमगीत २’ ले यस हप्ताबाट तेस्रो हप्तामा आफ्नो प्रदर्शन सुरु गरेको छ ।