मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाजसेवीलाई ‘जोनी जेन्टलम्यान’को सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2017/08/11
 
भाद्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको पल शाह स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार प्रसार चितवनबाट सुरु गरेको छ । शुक्रवार फिल्मका मुख्य कलाकार पल शाह ,आँचल शर्मा, निर्माता द्धय एन्ड्रियु पौडेल र अजय मल्लले जेन्टलम्यान क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका दुई जना समाजसेवीलाई बिशेष सम्मान गर्दै फिल्मको प्रचार सुरु गरेका हुन् । 
 
फिल्म यूनिटले समाजसेवी तथा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र अर्की समाजसेवी छायाँ श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको हो । कार्यक्रमा बोल्दै फिल्मकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै जेन्टलम्यान हुने बताइन् । यस्तै, नायक पल शाहले पनि आफूले एउटा राम्रो फिल्ममा काम गरेको बताउँदै दर्शकहरुलाई ‘जोनी जेन्टलम्यान’ हेर्न आग्रह गरे ।
 
 
सम्मान कार्यक्रमभन्दा अगाडि फिल्म यूनिटले चितवनका पत्रकारहरुसँग भेटघाट गरेको थियो । यो फिल्मको दुई गीत रिलिज भैसकेको छ भने अब दर्शकहरु फिल्मको ट्रेलरको प्रतिक्षामा छन् । कमेडी, एक्सन र प्रेमको मिश्रण फिल्ममा छ । 
 
नेपाल र भारतका विभिन्न रमणिय स्थानमा फिल्मको छायांकन गरिएको छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाहले जोनीको भूमिकामा प्ले गरेका छन् । नीतिन चन्द फिल्मका निर्देशक हुन् ।