मिति : २०७४ भाद्र २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘ऐश्वर्य’को गीत रिलिज, कस्तो देखियो रमेश र दीपिकाको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2017/08/11
 
तिमी रोएको पल तिमीलाई हसाउन नसकुँला
तर, तिमीसँगै म रोइदिन सक्छु 
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर, तिमीसँगै म मरिदिन सक्छु
 
यो गीत फिल्म 'ऐश्वर्य'को हो । कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'ऐश्वर्य'को पहिलो रोमान्टिक गीतमा रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ छन् । गीतको छायाँकन र लोकशन लोभलाग्दो छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्री हुन् । 
 
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक रमेश उप्रेतीले ऐश्वर्य‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । फिल्ममा रमेश र दीपिकाको अलावा केकी अधिकारी, केशव भट्टराई, निर्मल शर्मा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । लामो समय अमेरिका बसाईपछि नेपाल फर्किएका रमेश उप्रेतीले 'ब्रासलेट'मार्फत फिल्ममा कमब्याक गरेका थिए । यो फिल्मलाई रमेश उप्रेतीको होम प्रोडक्शन कम्पनीले निर्माण गरेको हो । 
 
फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसअघि उनले 'स्टूपिड मन'को निर्देशन र 'ड्रिम्स'मा सह-निर्देशकको भूमिका निर्वाहा गरेका थिए । फिल्ममा सुदीप बरालले क्यामेरा चलाएका छन् । अर्जुन श्रेष्ठ र किरन राणा उप्रेती निर्माता रहेको फिल्ममा निर्मल शर्मा सह निर्माताको रुपमा रहेका छन् ।
 
कार्यक्रममा फिल्मलाई चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, कलाकार दीपकराज गिरी, नायिका करिश्मा मानन्धर, नायिका झरना थापा, हास्यकलाकार जितु नेपाल लगायतले शुभकामना दिएका थिए । 
 
भिडियो हेर्नुस् :