मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१२७ करोडका मालिक हुन् महेश बाबू

एजेन्सी, मुम्बई, 2017/08/11
 
साउथका सुपरस्टार महेश बाबू ९ अगस्तबाट ४४ वर्षका भएका छन् । ४ वर्षको उमेरदेखि अभिनय करिअर सुरु गरेका महेश बाबू करीब १२७ करोडको प्रोपर्टीका मालिक हुन् । 
 
२००५ मा मिस इन्डिया र बलीवुड एक्ट्रेस समेत रहेकी नम्रता शिरोडकरसँग विवाह गरेका महेशसँग आकर्षक कार कलेक्सन पनि छ । उनको हैदराबादमा एक लग्जरी महल छ, जसको मूल्य अहिलेको अवस्थामा करीब ११ करोड भारतीय रुपैयाँ पर्छ । 
 
महेश बाबू एक फिल्मका लागि करीब १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गर्छन । उनले बाल कलाकार भएर १९९० सम्म दर्जनौ फिल्ममा काम गरे । यसपछि उनले आफ्नो कलेजको अध्ययनका लागि अभिनयबाट ब्रेक लिए ।
 
१९९९ मा उनले मुख्य भूमिकामा फिल्मुराजा कुमारुदुु बाट डेब्यू गरे । यो फिल्ममा प्रिटी जिन्टाको पनि अभिनय थियो । यो फिल्म सुपरहिट भएको थियो । उनले 'मुरारी', 'बबी', 'ओक्काडू', 'अर्जुन' , 'पोकिरी' , 'बिजनेसम्यान', 'आगदु' , 'ब्रह्मोत्सवम' सहित कयौं फिल्ममा काम गरेका छन् । उनको नयाँ फिल्म 'स्पाइडर' २७ सेप्टेम्बरबाट प्रदर्शनमा आउँदैछ ।