मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

निखिल र सौगातलाई हल खाली

फिल्मीखबर, काठमाण्डौ, 2017/08/11
 
पछिल्लो केही महिनायता प्रत्येक हप्ता दुईवटा फिल्म एकसाथ हलमा लाग्ने गरेका छन् । कतिपय हप्ता त तीनवटासम्म फिल्म रिलिज हुने गर्छन । तर, यस हप्ताको शुक्रवार भने एक नेपाली फिल्मले मात्र प्रदर्शनमा आरम्भ गरेका छ । निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ले आज शुक्रवारबाट आफ्नो प्रदर्शन सुरु गरेको हो । 
 
गएको हप्ता प्रदर्शनमा आएको शाहरुख खान अभिनित फिल्म 'जब ह्यारी मेट सेजल'ले दोस्रो हप्ता पनि आफ्नो वचश्र्व कायम राख्ने र साउन २७ बाट अर्थात्, आजबाट प्रदर्शनमा आएको अक्षय कुमार अभिनित फिल्म 'ट्वाइलेट : एक प्रेम कथा'ले मल्टिप्लेक्स कब्जा गर्ने भएपछि यो हप्ता ‘संरक्षण’ बाहेक अन्य फिल्मले रिलिज कन्फर्म गर्न सकेनन् । तर, शाहरुख खान अभिनित फिल्म फिल्म 'जब ह्यारी मेट सेजल'ले नेपालबाट खासै दमदार व्यापार गर्न नसक्दा दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको 'प्रेमगीत २' लाई लोट्री लाग्यो । 
 
अब ‘संरक्षण’लाई डर कहाँ छ भने 'ट्वाइलेट : एक प्रेम कथा'ले मल्टिप्लेक्समा नेपाली दर्शक राम्रो तान्यो भने केही गाह्रो पर्न सक्छ तर सिंगल थ्रिएटरमा भने पूरै राज ‘संरक्षण’को नै हुनेछ । नेपालका मल्टिप्लेक्समा अक्षय कुमार अभिनित फिल्म 'ट्वाइलेट : एक प्रेम कथा'ले आजबाट प्रदर्शन सुरु गरेको हो । मल्टिप्लेक्सका सफल नायक सौगात मल्ल र सिंगल हलका बादशाह निखिल उप्रेतीले हलसम्म भने दर्शक कति तान्न सफल हुनेछन् त्यसको रिजल्ट आजबाट नै आउट हुनेछ । 
 
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।