मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'स्पा सेन्टर'को उद्घाटनमा आर्यन र पूजा

फिल्मीखबर, काठमाण्डौ, 2017/08/10
 
फिल्म निर्माता हरि महत्तले 'आइल्याण्ड स्पा एन्ड फिटनेस सेन्टर' सञ्चालनमा ल्याएका छन् । काठमाडौं बनस्थलीमा अवस्थित उक्त 'स्पा एन्ड फिटनेस सेन्टर'को बुधवार एक कार्यक्रमकाबीच नायक आर्यन सिग्देल र नायिका पूजा शर्माले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । 
 
यसअघि ‘आइ एम सरी’ र ‘पुन्टे परेड’ निर्माण गरेका महत्तले २५ लाखको लगानीमा बनस्थली एरियामा बसोबास गर्ने मानिसलाई लक्षित गर्दै स्पा एन्ड फिटनेस सेन्टर सञ्चालनमा ल्याएका हुन् । उद्घाटनमा सरिक भएका आर्यनले पछिल्लो समय काठमाडौंको बसाई अनुसार हरेक मानिस स्वस्थ रहन जरुरी रहेको भन्दै त्यसका लागि स्पा र फिटनेस वैकल्पिक माध्यम भएको बताए । यस्तै, नायिका पूजाले आफू सधैँ फिट हुनका लागि नियमित व्यायम गर्ने देखि खानपानमा ध्यान दिने गरेको बताइन् । 
 
आइल्याण्ड स्पा एन्ड फिटनेसबाट आयुर्वेदिक बडी थेरापी, स्वेडिस थेरापी, हेड एन्ड सोल्डर मसाज, योगा फिटनेस, वाक्सीङ, फेसियल, सौना एन्ड स्टिम लगायतको सेवा लिन सकिने सञ्चालक महत्तले जानकारी दिए ।