मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबा रामदेवको बलीउडमा डेब्यू

एजेन्सी, मुम्बई, 2017/08/10
 
योग गुरु बाबा रामदेव नयाँ फिल्म ‘ये है इन्डिया’ को प्रमोशनका लागि मैदानमा उत्रिएका छन् । उनी यो फिल्मको ‘सइयां सइयां’ बोलको गीतमा देखिँदैछन् । लोम हर्ष द्वारा लिखित तथा निर्देशित फिल्ममा गेवी चाहल र डियाना उप्पलको मुख्य भूमिका छ । 
 
रामदेवले एक प्रश्नको जवाफ दिँदै भने, “एक यस्तो देश जहाँ करोडौंको जनसंख्या छ, एक यस्तो देश जहाँ वेदको खोजी भयो तर त्यही देशको बारेमा दुनियाँभरका केही व्यक्तिहरुमा गलत धारणा छ । भारत सपेराको देश रहेन, अब यो उन्नत भएको छ ।”
 
उनले अगाडि भने, “भारतमा पूरै दुनियाँको नेतृत्व गर्ने क्षमता छ । फिल्म ‘ये है इन्डिया’ मा भारतको बदलिएको तश्वीर देखाइएको छ । मैले निकै सोचेपछि फिल्मलाई समर्थन गर्ने सोच बनाएँ र मलाई आश छ कि देशका हरेक नागरिकले यो फिल्मलाई समर्थन गर्नेछन् ।”
 
हर्षले भने, “म बाबाजीप्रति आभारी छु । उहाँले फिल्मलाई आफ्नो पूरा समर्थन गर्नुभयो ।  हाम्रो फिल्मका लागि यो भन्दा ठूलो समर्थन अरु हुनै सक्दैन ।”