मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चितवन प्रिमियरमा रुचाइयो ‘संरक्षण’

फिल्मीखबर, काठमाण्डौ, 2017/08/10
 
साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’को चितवनमा रेड कार्पेट प्रिमियर भएको छ । बुधवार चितवनमा रहेको जल्मा हलमा गरिएको प्रिमियरमा नायिका द्धय मलिना जोशी र नकर्मी, निर्माता द्धय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायत उपस्थित थिए । 
 
लक्की मिडिया हाउस चितवनले आयोजना गरेको प्रिमियरमा ‘संरक्षण’ले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म ‘संरक्षण’ले मधेशको कथा बोल्छ । फिल्ममा निखिल र सौगात दुवै प्रहरीको भूमिकामा छन् । प्रिमियरमा निखिल र सौगात भने उपस्थित थिएनन् । 
 
 
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।