मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'कमिटमेन्ट'का लागि निखिलले बनाए यस्तो ज्यान

फिल्मीखबर, काठमाण्डौ, 2017/08/09
 
एक्सन स्टार निखिल उप्रेती अहिले नयाँ फिल्म 'कमिटमेन्ट : सिक्स्टी आवर्स'को छायाँकनमा व्यस्त छन् । झण्डै ३ करोड आसपासको लगानीमा निर्माण हुन लागेको यो फिल्मलाई निखिल आफैले निर्देशन गरिरहेका छन् । फिल्ममा निखिलको नै मुख्य भूमिका छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा यो फिल्म निर्माण हुन लागेको हो । 
 
एक्सनमा नयाँ प्रयोग गर्न रुचाउने निखिलले 'कमिटमेन्ट'मा पनि एक्सनलाई विशेष प्राथमिकता दिएका छन् । 'कमिटमेन्ट'का लागि अहिले उनी आफ्नो ज्यान बनाउन निकै दुःख गरिरहेका छन् । निखिलले आफ्नो ज्यान बनाउन जिममा कडा व्यायाम गरेको तश्वीर अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । तश्वीरबाट के स्पष्ट हुन्छ भने 'कमिटमेन्ट'का लागि निखिल सिक्सप्याक बनाउँदैछन् । 
 
लगातार एकपछि अर्को फिल्म असफल हुँदा आफ्नो स्टारडम जोगाउने दौडमा हरेका निखिलले 'कमिटमेन्ट'का लागि भने निकै मिहिनेत गरेको देख्न सकिन्छ । कमजोर कथावस्तु र दिकदार लाग्ने भूमिकाले दर्शक समेत ह्याङ भैसकेको अवस्थामा निखिल 'कमिटमेन्ट'बाट खुशी तुल्याउने प्रयासमा छन् । 
 
 
निखिलका अलावा यो फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । फिल्ममा सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेल निखिलको अपोजिटमा देखिँदैछिन् ।  
 
नेपालको एउटा व्यक्तिले कसैलाई मुम्बईबाट रेस्क्यू गरेर नेपाल ल्याउन ६० घण्टाको कमिटमेन्ट गरेको हुन्छ । त्यो कमिटमेन्ट पूरा गर्न उसले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा हो । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा ३० प्रतिशत मात्र नेपाली भाषा हुनेछ ।