मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'जोनी जेन्टलम्यान' पोस्टरमा पल र आँचलको प्रेम

फिल्मीखबर, काठमाडौं, 2017/08/09

 

चकलेटी ब्वाई पल शाह र आँचल शर्मा स्टारर फिल्म 'जोनी जेन्टलम्यान'को नयाँ रिलिज डेट सहितको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका आँचल शर्मा र नायक पल शाह स्याड मूडमा छन् । यसअघि सार्वजनिक भएको पोस्टरमा भने पल र आँचल रोमान्टिक मूडमा देखिएका थिए ।

स्थानीय तहको निर्वाचनका कारण पूर्व निर्धारित मितिमा प्रदर्शन हुन नसकेको यो फिल्म अब भदौ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि यो फिल्म जेष्ठ १९ गतेबाट प्रदर्शनमा आउने फाइनल भएको थियो ।

 

'म यस्तो गीत गाउँछु'का हिट नायक पल यो फिल्ममा एंग्री योङ म्यानको भूमिकामा प्रस्तुत भएका छन् । पल शाहको मुख्य भूमिका भएका कारण 'म यस्तो गीत गाउँछु'को हिटको फाइदा 'जोनी जेन्टलम्यान'ले उठाउनेमा पक्का छ ।

यसअघि फिल्मको दुई गीत रिलिज भैसकेको छ भने अब दर्शकहरु फिल्मको ट्रेलरको प्रतिक्षामा छन् । कमेडी, एक्सन र प्रेमको मिश्रण फिल्ममा छ । नेपाल र भारतका विभिन्न रमणिय स्थानमा फिल्मको छायांकन गरिएको छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाहले जोनीको भूमिकामा प्ले गरेका छन् । नीतिन चन्द फिल्मका निर्देशक हुन् ।