मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'जब ह्यारी मेट सेजल'ले कमायो सय करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/08/09
 
सुपरस्टार शाहरूख खान र अनुष्का शर्माको फिल्म 'जब ह्यारी मेट सेजल'ले वर्ल्डवाइड सय करोडभन्दा पनि बढी आम्दानी गरेको छ । भारतमा फिल्मको व्यापार कमजोर भएपनि विदेशमा भने राम्रो छ । 
 
यो फिल्मले घरेलू बक्स अफिसमा प्रदर्शनको पहिलो दिन १५.२५ करोड, दोस्रो दिन १५, तेस्रो दिन १५.५० र चौँथो दिन अर्थात्, रक्षा बन्धनको दिन ७.१७ करोड विजनेश गरेको छ । फिल्मले घरेलू बजारमा प्रदर्शनको चारदिनमा ५२.९० करोडको विजनेश गर्‍यो । यसलाई शाहरुख खानको पछिल्लो ६ वर्षयताकै सबैभन्दा कमजोर कलेक्सन मानिएको छ । 
 
आइतवारसम्म फिल्मले विदेशबाट करीब ४४ करोड ग्रस विजनेश गरेको छ । भारत र विदेशको कमाई जोड्ने हो भने फिल्मले अहिलेसम्म कूल ११९ करोड विजनेश गरिसकेको छ । 
 
'रब ने बना दी जोड़ी' र 'जब तक है जान' पछि शाहरुख र अनुष्काको यो तेस्रो फिल्म हो । फिल्ममा शाहरुख 'हरिंदर सिंह नेहरा' उर्फ 'ह्यारी' र अनुष्का 'सेजल झावेरी' को भूमिकामा छन् । इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म 'जब ह्यारी मेट सेजल' दुई अपरिचित ह्यारी र सेजलको कहानी हो । 
 
शाहरुखले एक पंजाबी टूर गाइडको भूमिका निर्वाहा गरेका छन्, जबकि अनुष्का एक गुजराती यूवतीको भूमिकामा देखिएकी छिन् । यो फिल्मको निर्माण शाहरुख खानको होम प्रोडक्शन कम्पनी रेड चिलीज इन्टरटेन्मेन्टले गरेको हो ।