मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलिना भन्छिन्, 'संरक्षण मेरो डेब्यू फिल्म'

फिल्मीखबर, काठमाण्डौ, 2017/08/09
 
सिनेवृतमा अहिले चर्चा छ त नायक निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म 'संरक्षण'को । साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘संरक्षण’ले अहिले आफ्नो प्रचार-प्रसार आक्रामक बनाइरहेको छ । केहीदिन अगाडि सार्वजनिक भएको ट्रेलर र गीतसंगीतका कारण पनि ‘संरक्षण’लाई अहिले प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । पहिलो पटक निखिल र सौगात फिल्म ‘संरक्षण’मा एकसाथ देखिँदैछन् ।
 
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म यूनिट अहिले मोफसल दौडाहामा छ । पूर्वको विर्तामोडबाट सुरु भएको संरक्षण’को मोफसल दौडाहा दमक, धरान, जनकपुर हुँदै बिरगञ्जसम्म आइपुगेको छ । बिरगञ्जबाट ‘संरक्षण’ टिम हेटौंडा हुँदै नारायणगढसम्म पुग्नेछ । 
 
मंगलवार बिरगञ्जमा पत्रकारलाई फिल्मको विषयमा जानकारी दिने क्रममा नायिका मलिना जोशीले ‘संरक्षण’ आफ्नो डेब्यू फिल्म रहेको बताइन् । उनले भनिन्, 'मैले पहिलो पटक साइन गरेको फिल्म ‘संरक्षण’ हो तर प्रदर्शनको हिसाबले भने चौंथो बन्यो । ‘संरक्षण’बाट निकै आश गरेको छु । राम्रो टिमले निर्माण गरेका कारण ‘संरक्षण’लाई दर्शकहरुले मन पराइदिनुहुन्छ भन्नेमा ढुक्क छु ।' 
 
यस्तै, नायिका अशिष्मा नकर्मीले ‘संरक्षण’मा आफूले पब्लिकको भूमिका निर्वाहा गरेको बताइन् । उनले भनिन्, 'राजनीतिले गर्दा जनताले जसरी दुःख पाइरहेका छन् त्यसको प्रतिनिधि पात्रकोको भूमिकामा मैले छु । सबै फिल्ममा लब गर्लको भूमिकामा प्रस्तुत हुँदै आइरहेकी थिएँ तर ‘संरक्षण’मा भूमिका मेरो विल्कुलै फरक छ ।' 
 
पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जबाफ दिँदै फिल्मको प्रमुख खलपात्र सुशान्त श्रेष्ठले भने, 'बिल्कुलै नेपालीपन बोकेको फिल्म हो ‘संरक्षण’, जसले नेपालको अहिलेको विद्यमान राजनीतिक तथा सामाजिक स्थितिको व्याखा गरेको छ । फिल्मले नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई दशर्माउँछ ।' 
 
निर्देशक पूर्णेन्द्रकुमार झाले ‘संरक्षण’ एउटा विशुद्ध नेपाली फिल्म रहेको बताए । उनका अनुसार, फिल्मले नेपाली समाजको बर्तमान राजनीतिक अवस्थाको चित्रण गरेको छ । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।
 
फिल्मलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।