मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दि कर्मा' घोषणा, यस्तो छ थिम पोस्टर

फिल्मीखबर, काठमाण्डौ, 2017/08/09
 
फिल्म 'दि कर्मा' निर्माण हुने भएको छ । बुधवार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । तराई भेगको नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित यो फिल्मलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो फिल्मले बदलाको कथा प्रस्तुत गर्नेछ । 
 
मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दिपकले 'लभ सब प्यार व्यार', 'अञ्जान', 'ह्यांग टिल डेथ' लगायतका टलीउड फिल्म तथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो फिल्ममा दिपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।
 
फिल्ममा करण आहुजाको पनि महत्वपूर्ण भूमिका रहनेछ । भारतको दिल्लीका बासिन्दा करण फिलमका दोस्रो प्रमुख कलाकार हुन् । फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने छनौट भईसकेको छैन । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान फिल्म 'दि कर्मा'को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । 
 
२०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो फिल्म कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्ममा नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि फिल्मको प्रदर्शनी गरिने निर्माता रायले बताए ।