मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

'धुर्मुस-सुन्तली'ले जिग्री र पाँडेको फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/08/08
 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'लुट २' पछि निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म साइन गरेका छन् । हास्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले निर्माण गर्न लागेको फिल्मलाई निश्चलले निर्देशन गर्ने फाइनल भएको छ । फिल्म निर्माण टिमसँग आइतवार नयाँ दिल्लीमा निश्चलले फिल्म निर्देशन गर्ने सम्झौता पत्रमा हस्तारक्षण गरे । 
 
निर्देशक फाइनल भएसँगै अहिले फिल्मको नाम र कलाकार छनौटको काम भैरहेको फिल्मका निर्माता मध्येका एक कुमार कट्टेल (जिग्री)ले जानकारी दिए । उनले भने, 'साउन ३१ गते फिल्मको मुहुर्त गर्ने तयारी थियो तर प्राविधिक कारणले यो हुन सकेन । कलाकारहरु अझै छनौट गर्न बाँकी रहेका कारण भदौभित्रमा फिल्मको मुहुर्त गरेर फ्लोरमा जाने तयारी छ ।' 
 
उनले फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय नरहनेपनि जानकारी दिए । यसअघि जिग्री र पाँडेको फिल्ममा 'धुर्मुस-सुन्तली'को मुख्य भूमिका रहेको खबर बाहिरिएको थियो । यस विषयमा उनले भने, 'उहाँहरु अहिले 'नमुना नेपाल' निर्माणको क्रममा हुनुहुन्छ । यत्रो महानकार्य छाडेर फिल्ममा काम गर्न उहाँहरुले सक्नुभएन । फिल्ममा मुख्य भूमिका निर्वाहा गर्न नसकेपनि उहाँहरुको साथ र सहयोग भने हामीलाई सधै रहनेछ ।' 
 
 
निश्चल बस्नेतलाई महँगो निर्देशक भनेर चिनिन्छ । तपाईहरुले चाहिँ कतिमा साइन गर्नु भयो ? फिल्मीखबर डटकमसँग कुराकानी गर्दै कुमार कट्टेलले अगाडि भने, 'निश्चल बस्नेत फिल्म इन्डष्ट्रीको आइडल पनि हुनुहुन्छ । हामीलाई सिरियलको कलाकारहरुसँग फिल्मको मान्छेको सहकार्यता पनि होला र ? भन्ने लाग्थ्यो । तर, राम्रो कामको लागि निश्चल दाई राम्रो हुनुहुन्छ । एउटा राम्रो प्रोडक्ट दिनुपर्छ फिल्म इन्डष्ट्रीलाई भन्ने हिसाबमा निश्चल दाईसँग हाम्रो सहकार्य भएको हो । निश्चल दाई जोडिनु र हामीपनि जोडिनुले पक्कै पनि अपेक्षा राम्रो हुन्छ । निश्चल दाईलाई हामी सबैले सम्मान गछौं । पारिश्रमिक पनि निश्चल दाईसँग सम्मानित हिसाबमा सहकार्य गरेका छौं ।' 
 
फिल्ममा कुमार, अर्जुनका अलावा, सागर लम्साल 'बले', हरि निरौला 'कक्रोज' र दीपक आचार्य मुख्य भूमिकामा फाइनल भैसकेका छन् । फिल्मलाई पनि उनीहरुले नै संयूक्त रुपमा निर्माण गर्दैछन् । फिल्मको कथा र पटकथा कुमार कट्टेल (जिग्री)ले लेखेका हुन् ।