मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

अब 'कृ' रिलिज कहिले ?

फिल्मीखबर, काठमाण्डौ, 2017/08/08
यस वर्ष सबैभन्दा बढी प्रतिक्षामा रहेको फिल्म हो, 'कृ' । युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको कारण पनि 'कृ'लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । 'कृ'को गएको महिना फस्टलुक पोस्टर सार्वजनिक भएको थियो । फ्लोरमा जानुअघि भाद्र १६, छायाँकनको बखत भाद्र ८ र फस्टलुक पोस्टर सार्वजनिक गर्दा कात्तिक ३ गतेलाई फिल्म 'कृ'को रिलिज फाइनल गरिएको थियो तर यी तीनै मितिबाट फिल्मको रिलिज पोस्टपोन्ड भयो । 
 
बारम्बार छायाँकन लम्बिएको कारण देखाउँदै निर्माण पक्षले तीनपटक फिल्मको प्रदर्शन मिति फेरबदल गरिसकेको छ । कात्तिक ३ गतेबाट पनि रिलिज पोस्टपोन्ड भएपछि अब फिल्मको रिलिज अन्योलमा परेको छ । निर्माण पक्ष अहिले फिल्मलाई पुष अन्तिम साता प्रदर्शन गर्ने तयारीमा जुटेको छ । तर, माघ ७ गतेसम्ममा प्रदेश सभाको निर्वाचन गर्नुपर्ने भएका कारण यो मितिमा पनि 'कृ' रिलिज हुने संभावना टर्दै गएको छ । 
 
 
पुष अन्तिममा पनि 'कृ' रिलिज नभए शिवरात्रीको अवसर पारेर फिल्म रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । फिल्मको करिब १० दिन मनाङमा अझै छायाँकन गर्न बाँकी छ । तर,अनमोल केसी 'ग्लोवल नेपाली फिल्म अवार्ड'का लागि अमेरिका जानु परेका कारण अब 'कृ'को बाँकी छायाँकन दशैंपछि मात्र हुनेछ । कृष्ण अष्टमीको दिन फिल्मको टीजर सार्वजनिक हुँदैछ । टीजरसँगै निर्माण पक्षले फिल्मको नयाँ रिलिज मिति घोषणा गर्नेछ ।  
 
सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको 'कृ'लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् ।  'कृ'मा अनमोलका अलावा नव-नायिका आदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् ।