मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

'रेस–३' मा सलमान भिलेन

एजेन्सी, मुम्बई, 2017/08/08
 
बलीउड स्टार सलमान खान 'रेस–३' मा देखिन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ । बलीउडमा चर्चा भए अनुसार सलमान खान 'रेस'को तेस्रो संस्करणमा काम गर्न सक्छन् ।
 
मिडिया रिपोर्टका अनुसार, निर्माता रमेश तौरानीले फिल्म 'रेस–३' मा सलमानलाई स्टाइलिस खलनायकको भुमिकामा देखाउने कथा तयार पारिसकेका छन् ।  रमेश तौरानी पछिल्ला चार वर्षदेखि रेस फिल्ममा सलमानलाई लिन कोशिस गरिरहेका छन् । अब उनको कोशिस सफल भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
 
सलमानले यस फिल्मको लागि एउटा सर्त राखेको र यो सर्त निर्माता रमेशले मानेको बताइएको छ । सर्त अनुसार यस फिल्मको निर्देशन रेमो डिसुजाले गर्नेछन् । सलमान खानको डान्सिङ ड्याड फिल्म पनि रेमोले नै निर्देशन गर्दैछन् । अब रेमो 'रेस–३' मा काम गर्ने सम्भावना बढेको बताइएको छ ।
 
निर्देशक अब्सास मस्तानले यस अघिका दुई संस्करणको निर्देशन गरेका थिए । दुवै फिल्ममा भिलेन र हिरोको भुमिका पावरफुल रहेको थियो । पहिलोमा अक्षय र दोस्रोमा जोन अब्रहामले भिलेनको भुमिका निर्वाह गरेका थिए ।