मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भुइँ मान्छे’ले गर्‍यो कविता प्रतियोगिता

फिल्मीखबर, काठमाण्डौ, 2017/08/07
 
भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘भुइँ मान्छे’ युनिटले राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ । गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले निष्पक्ष मिडिया प्रा.लि., संसार पाक्षिक, साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा कविता प्रतियोगिता गरेको हो । 
 
देशभरबाट प्राप्त ८० कविता मध्ये छनौट भएका ३५ कवितालाई कार्यक्रममा वाचन गर्न लागिएको थियो । नुवाकोटका कवि कृष्ण मोक्तानको कविता प्रथम, सोलुखुम्बका कवि गणेशप्रसाद खतिवडाको कविता द्वितीय र काभ्रेकी कवियत्री यशोदा अधिकारी, काठमाडौंका कविहरु क्रमशः प्रकाश बस्नेत गफाडी र गोविन्द नेपालको कविताले तृतीय स्थान हासिल गरेको थियो । कविता प्रतियोगिताका विजयीहरुलाई नगदका साथै प्रमाणपत्र वितरण गरियो । 
 
देशभरबाट प्राप्तभएको कवितालाई सहित्यकारहरु हेमनाथ पौडेल, ध्रुब भट्टराई, गीता त्रिपाठीको निर्णायक मण्डलले छनौट गरेको थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतिमा कार्यकारी निर्माता रोहिणी भट्टराई थिए । 
 
प्रमुख अतिथि कुलपति उप्रेतीले पहिलो पटक फिल्मले साहित्यिक कार्यक्रम गरेको भन्दै धन्यवाद दिएका थिए । साथै उनले फिल्मलाई सफलताको शुभकामना पनि दिए । कार्यक्रममा निर्माता भट्टराईसंगै कलाकार रमेश बुढाथोकी र निर्देशक नवराज बुढाथोकी सहभागी थिए ।
 
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।