मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.75/5.00)
Text size:-
+
-

प्रदीपले साइन गरे १५ लाखमा 'रानीमहल' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/08/07
 
प्रदीप खड्काको क्रेजको अहिले चौतर्फी चर्चा छ । वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'भन्दा अगाडि प्रदीपको चर्चा त परै जाओस् नाम पनि कमैले सुनेका थिए । तर, फिल्म 'प्रेमगीत'देखि प्रदीप हाल प्रदर्शन भैरहेको फिल्म 'प्रेमगीत २' सम्म आइपुग्दा महँगो नायक बनेका छन् । 'प्रेमगीत'मा २ लाख र 'प्रेमगीत २' मा ८ लाख पारिश्रमिक लिएर फिल्म साइन गरेका प्रदीपले हालैमा एक फिल्म १५ लाख पारिश्रमिकमा साइन गरेको खबर बाहिरिएको छ । 
 
'प्रेमगीत २' को सफलतासँगै प्रदीपले आफ्नो पारिश्रमिक ७ लाख बढाएका हुन् । फिल्मीखबर डटकमलाई स्रोतले दिएको जानकारी अनुसार, १५ लाख पारिश्रमिकमा प्रदीपले 'रानीमहल' नामक फिल्म साइन गरेका छन् । उनको अपोजिटमा नायिका सन्ध्या केसी फाइनल भैसकेकी छन् । 'रानीमहल'लाई फिल्म 'लुकामारी' निर्माण गरेको टिमले बनाउन लागेको हो । फिल्मको अन्य जानकारी भने प्राप्त भएको छैन । 
 
तर, यस विषयमा बुझ्दा नायक प्रदीप खड्काले 'रानीमहल'मा काम गर्न लागेको कुरा गलत रहेको बताए । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै उनले भने, 'मैले 'प्रेमगीत २' रिलिज हुनुभन्दा अगाडि 'रानीमहल' टिमसँग भेट गरेको थिएँ । १५ लाख पारिश्रमिक दिन्छौं काम गर्नुपर्‍यो भन्नुभयो तर म अहिले कुनैपनि फिल्म साइन गर्दिन 'प्रेमगीत २' रिलिज भएपछि सोच्छु भनेँ। उहाँहरुले वान लाइन स्टोरी सुनाउनुभयो । मैले विचार गर्छु भनेको थिएँ । मैले अहिलेसम्म स्क्रिप्ट पनि पाएको छैन र त्यसपछि उहाँहरुसँग भेट पनि भएको छैन ।' उनले अहिलेसम्म कुनैपनि फिल्म साइन नगरेको पनि बताए ।