Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शक भेट्न मोफसलमा ‘संरक्षण’ टिम

फिल्मीखबर, काठमाण्डौ, 2017/08/06


साउन २७ गतेबाट प्रदर्शनमा आउन लागेको निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ले अहिले आफ्नो प्रचार-प्रसार आक्रामक बनाइरहेको छ । केहीदिन अगाडि सार्वजनिक भएको ट्रेलर र गीतसंगीतका कारण पनि ‘संरक्षण’लाई अहिले प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । पहिलो पटक निखिल र सौगात फिल्म ‘संरक्षण’मा एकसाथ देखिँदैछन् ।

प्रदर्शन मिति नजिकिँदै गर्दा हालैमा फिल्म यूनिटले मोफसल दौडाहा सुरु गरेको छ । पूर्वको विर्तामोडबाट सुरु भएको 'संरक्षण'को मोफसल दौडाहा दमक, धरान, जनकपुर, बिरगञ्ज, हेटौंडा, पोखरा, बुटवल हुँदै नारायणगढसम्म हुनेछ ।

मोफसल दौडाहामा फिल्म सम्बन्धि जानकारी दर्शकहरुलाई दिँदै निर्माण टिमले नारायणगढमा बुधबार फिल्मको प्रिमियर शो सम्पन्न गर्नेछ । मोफसल टुरमा फिल्मका कलाकारहरुले दर्शकसँग सक्षात्कार गर्नेछन ।  

मधेशको कथा बोकेको फिल्म ‘संरक्षण’लाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।

Most Visited News (monthly)