मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र अनुपको 'हुर्रे' घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/08/06
 
नायिका केकी अधिकारी र 'ह्यान्डसम भिलेन'को रुपमा परिचित अनुप विक्रम शाहीको मुख्य भूमिका रहने फिल्म 'हुर्रे'को आइतवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । डार्क कमेडी भनिएको फिल्म 'हुर्रे'लाई स्क्रिप्ट राईटर यम थापाले निर्देशन गर्न लागेका हुन् । यसअघि उनले निर्देशन गरेको फिल्म 'राज्जा रानी' प्रदर्शनको तयारीमा छ । 
 
फिल्मको घोषणा कार्यक्रममा उपस्थित नायिका केकी अधिकारीले 'हुर्रे'को कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न लागेको बताइन् । यम थापाको निर्देशनमा बनेको फिल्म 'राज्जा रानी'मा पनि केकी नै मुख्य भूमिकामा छिन् । 'हुर्रे'को घोषणा कार्यक्रममा भने नायक अनुप विक्रम उपस्थित थिएनन् । यसअघि केकी र अनुपले फिल्म 'हाउ फन्नी'मा एकसाथ काम गरेका थिए । 
 
 
द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म 'हुर्रे'का प्रस्तुतकर्ता दावा शेर्पा हुन् । फिल्मको निर्मातामा सोनम लामा व्लोन, छिरिङ दोर्जे लामामा रहेका छन् । फिल्ममा केकी र अनुपका अलावा राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत, उपदेश तिमल्सेनाको मुख्य भूमिका रहनेछ । 
 
शिव ढकालको क्यामेरा, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालीप्रसाद बाँस्कोटाको शब्द, मिलन अमात्य, राजराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको गायन, विक्रम स्वारको नृत्य, रोशन भट्टराईको द्धन्द्ध रहने फिल्मको कथा निर्देशक यम थापा आफैले तयार पारेका हुन् । फिल्मको छायाँकन भदौको दोस्रो साताबाट सुरु हुनेछ ।