Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जब ह्यारी मेट सेजल'को दुईदिने कलेक्सन ३० करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/08/06
 
शुक्रवारबाट प्रदर्शनमा आएको शाहरुख खान र अनुष्का शर्मा अभिनित फिल्म 'जब ह्यारी मेट सेजल' ले भारतीय बक्स अफिसमा कमजोर कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो दिन फिल्मले १५.२५ करोड विजनेश गरेको थियो । 
 
पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख कम व्यापार गरेको छ । अर्थात्, दोस्रो दिन फिल्मले बक्सअफिसमा १५ करोडमात्र कलेक्सन गर्न सक्यो । फिल्मले दुई दिनमा कुल ३० करोड २५ लाखको विजनेश गरेको छ । 
 
'रब ने बना दी जोड़ी' र 'जब तक है जान' पछि शाहरुख र अनुष्काको यो तेस्रो फिल्म हो । फिल्ममा शाहरुख 'हरिंदर सिंह नेहरा' उर्फ 'ह्यारी' र अनुष्का 'सेजल झावेरी' को भूमिकामा छन् । इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म 'जब ह्यारी मेट सेजल' दुई अपरिचित ह्यारी र सेजलको कहानी हो । 
 
शाहरुखले एक पंजाबी टूर गाइडको भूमिका निर्वाहा गरेका छन्, जबकि अनुष्का एक गुजराती यूवतीको भूमिकामा देखिएकी छिन् । यो फिल्मको निर्माण शाहरुख खानको होम प्रोडक्शन कम्पनी रेड चिलीज इन्टरटेन्मेन्टले गरेको हो । 
Most Visited News (monthly)