मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालअघि अष्ट्रेलियामा 'ग्याङस्टार ब्लुज'को प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2017/08/06
 
यस वर्षको प्रतिक्षित फिल्म 'ग्याङस्टार ब्लुज' ले नेपाल प्रदर्शन अघि नै अष्ट्रेलियाको गोल चक्कर मार्ने भएको छ । नेपालमा भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म अष्ट्रलियाको मुख्य ६ शहरमा प्रदर्शन हुन लागेको फिल्मका निर्माता सरोज न्यौपाने जानकारी दिए । 
 
हिमा अस र मुग्लानको मूख्य प्रयोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अष्ट्रेलियाका प्रमुख शहरहरुमा फिल्म 'ग्याङस्टार ब्लुज' प्रदर्शन गर्न लागेको हो । 
 
फिल्मको पहिलो प्रिमियर अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ । बाँकी शहरमा भने नेपालसँगै प्रदर्शन हुने निर्माता न्यौपाने जानकारी दिए । अहिले फिल्म यूनिट प्रचार प्रसारलाई आक्रामक बनाउन मोफसल दौडाहामा निस्किएको छ । 
 
'ग्याङस्टार ब्लुज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् । 
 
'ग्याङस्टार ब्लुज'को ट्रेलर हेर्नुस् :-