मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलीउड स्टार सुनिल शेट्टी नेपालमा, पुगे चन्द्रागिरि

फिल्मीखबर, काठमाण्डौ, 2017/08/05
 
बलीउडका चर्चित अभिनेता सुनिल शेट्टी अहिले नेपाल भ्रमणमा छन् । गुपचुप नेपालमा भ्रमणमा रहेका सुनिल शेट्टीले शुक्रवार केबलकार चढ्दै चन्द्रागिरिको भ्रमण गरेका छन् । सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 
 
भ्रमणमा क्रममा सुनिलले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि गरे । चन्द्रागिरीको भ्रमण गरेपछि अभिनेता सेट्टीले काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । 
 
 
अभिनेता सुनिल शेट्टी नेपाल भ्रमणमा आउनुको कारण भने खुलेको छैन् । सुनिल शेट्टीले फेसबुक, इन्टाग्राम, ट्विटर कतैपनि नेपाल भ्रमणमा रहेको जानकारी दिएका छैनन् । दर्जनौ हिट बलीउड फिल्ममा काम गरेका सुनिल शेट्टीको यो पहिलो नेपाल भ्रमण हो ।