मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकाले फेरि पत्याएन आर्यनलाई

फिल्मीखबर, काठमाण्डौ, 2017/08/05
किन पत्याउँदैन नायक आर्यन सिग्देललाई अमेरिकाले ? किन बारम्बार भिषा रद्ध हुन्छ आर्यनको ? फेरि एक पटक आर्यनको पासपोर्टमा नेपालमा रहेको अमेरिकी दुतावासले रिजेक्टको छाप लगाएको छ । प्राप्त जानकारी अनुसार आर्यनको यो पाँचौ पटक हो । यसअघि चार पटक अमेरिकी दुतावासले उनको भिषामा रिजेक्ट छाप लगाइसकेको छ ।  
 
अगष्ट १९ तारिखमा अमेरिकाको कोलोराडामा हुन लागेको 'ग्लोवल नेपाली फिल्म अवार्ड'का लागि आर्यनले अमेरिकी दुतावासमा भिषा आवेदन दिएका थिए । तर, उनले अमेरिका जानका लागि अनुमती पाएनन् । अमेरिकाको भिषा नपाउनेमा आर्यनसँगै अभिनेत्री सुरबिना कार्की, अभिनेता आयुष रिजाल, कोरियोग्राफर कबिराज गहतराज, गायक तथा संगीतकार तारप्रकास लिम्बु लगायत पनि छन् । 
 
'ग्लोवल नेपाली फिल्म अवार्ड'का नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले आर्यनको भिषाको विषयमा जानकारी दिन चाहेनन् । बरु उनले अमेरिकाको भिषा पाएका कलाकारको लिस्ट सुनाए । 
 
 
कृष्ण मल्लका अनुसार, अनमोल केसी, टिका पहारी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, रविन्द्र खड्का, नवल खड्काको श्रीमान श्रीमतिले अमेरिकाको भिषा पाएका छन् । यो अवार्डका लागि कलाकार र प्राविधिक सहित करिब ४० जनाको टोली यहि ३० गते अमेरिका उड्दैछन् । 
 
कृष्ण मल्लले दिएको अमेरिकाको भिषा लागेका कलाकारको लिस्टमा आर्यनको नाम नअट्नुले नै यो कुराको पृष्टि गर्छ कि आर्यन फेरि पनि अमेरिका जानबाट बन्चित भएका छन् । गएको वर्षपनि उनले यही फिल्म अवार्डमा सहभागी हुन अमेरिकाका लागि भिषा आवेदन दिएका थिए । 
 
बाहिर चिनिएको नाम र उनको पासपोर्टमा भएको वास्तविक नाम नमिलेर अमेरिकाले उनलाई भिसा नपत्याएको अनुमान गरिएको छ । आर्यनको वास्ताविक नाम हरिस सिग्देल हो । तर, उनलाई नेपाली फिल्म उद्योगमा भने आर्यन नामले चिन्ने गरिन्छ ।