मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विश्वलाई पहिलो गाँसमै ढुंगा

मनिष अन्जान, काठमाण्डौ, 2017/08/05
 
फिल्ममा पहिलो पटक पाइला राखेका सबै नयाँ अनुहारहरुलाई एउटा ठूलो चाहना हुन्छ आफूले अभिनय गरेको फिल्म हिट होस् । फ्यानको भिड लागोस्, सेल्फी खिच्न तछाड मछाड होस्, दर्शकको बोलीमा होस् वा मिडियामा सबैतिर आफ्नो चर्चा होस् । तर, यो रहर कतिको सपनामा नै तुहिन्छ त कतिले विपनामा नै महशुस गर्न पाउँछन् । पल शाह, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, आयुष्मान देशराज श्रेष्ठ यस्ता उदारहण हुन्, जसले पहिलो फिल्मबाटै स्टारको रुपमा आफूलाई उभ्याए । तर, यो कतिका लागि सपनै रहन्छ । 
 
यस्तै, एक नव-नायक हुन् विश्व शर्मा । निखिल उप्रेतीसँग स्क्रिन शेयर गर्न मात्र पाएपनि नव-कलाकारहरु आफ्नो ठूलो उपलब्धि मान्छन् । तर, विश्वको हकमा भने यो उल्टो भयो । उल्टो यस अर्थमा कि विश्वले 'रुद्र'मा मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा विश्वका अलावा निखिल उप्रेती र साराको मुख्य भूमिका थियो । विश्व फिल्मको हिरो मात्र होइनन् निर्माता पनि हुन् । 
 
फिल्ममा झण्डै लगानीको आधा प्रतिशत रकम आफ्नै खल्तीबाट हालेका विश्वलाई फर्कियो चाँही कति ? यसको उत्तर फिल्मको बक्स अफिस रिपोर्टले नै छर्लङ पार्छ । साउन १३ गतेबाट प्रदर्शनमा आएको फिल्म 'रुद्र'ले लगानी त परै जाओस् पोष्टरको पैसा समेत उठाउन सकेन । विश्वको पहिलो फिल्मबाटै स्टार बन्ने सपना चकनाचुर भयो । अर्थात्, यो भनौं विश्वले पहिलो गाँसमै ढुंगा चपाए । 
 
यसअघि गायक कमल खत्रीको टुक्रेको मुटु, आत्मामा, बाँच्ने आशमा लगायतका म्यूजिक भिडियोमा विश्वले अभिनय गरेका थिए । म्यूजिक भिडियो धेरै नखेलेपनि उनलाई दर्शकहरुले निकै रुचाएका थिए । तर, ठूलो पर्दामा भने दर्शकहरुले उनको अभिनयमाथी औँला उठाए । फिल्म 'रुद्र'मा निखिल नै हावी हुँदा विश्व पूरै छाँयामा परे । 
 
हुनत, फिल्ममा निखिल मुख्य भूमिकामा भएपछि अरु कलाकारतर्फ दर्शकहरुले पनि कहाँ आँखा डुलाउँछन् र ! विश्व पनि यसैको चपेटामा परे । पहिलो गाँसमै ढुंगा चपाएका विश्वको स्टार नायक बन्ने सपना पूरा होला ? अब यो त भोलीका दिनमा नै थाहा हुनेछ ।