Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमान र शाहरुख महानायक : आमिर खान

एजेन्सी, मुम्बई, 2017/08/05
 
अभिनेता आमिर खानले बलीउडस्टार सलमान खान र शाहरुख खानलाई महानायक भनेका छन् । यस्तै, उनले हालैमा असफल भएका फिल्मका कारण शाहरुख र सलमानको स्टारडममाथी प्रश्न उठाउन नमिल्ने पनि बताए । 
 
बक्स आफिसमा सलमान खानको सफल फिल्मको रफ्तार गएको महिना प्रदर्शनमा आएको फिल्म 'ट्यूबलाइट'बाट रोकिएको थियो । यस्तै, शाहरुख खान पनि बक्स अफिसमा हिटका लागि संघर्ष गरिहहेका छन् । 
 
तीन खानमध्ये के आमिर सबैभन्दा बढी कमाई गर्ने सुपरस्टार हुन ? यस विषयमा आमिरले भने, 'तपाईहरुले यो सम्झन आवश्यक छ कि रचनात्मक कार्य निकै अप्रत्याशित हुन्छ । हामी सबै सर्वश्रेष्ठ दिने प्रयास गर्छौ । कहिले हामी सफल हुन्छौ, कहिले असफल । मलाई लाग्दैन एक वा दुई फिल्म असफल हुँदैमा स्टारडम प्रभावित हुन्छ ।' 
 
उनले अगाडि भने, 'सलमान र शाहरुख दुई निकै ठूला कलाकार हुन् । यी दुई महानायक हुन् । म सलमान र शाहरुख खानको कामको प्रशंसक हुँ । म वास्तवमै यस तरिकाबाट तुलना गर्न चाहन्न ।' आमिर खानले आफ्नो प्रोडक्शन हाउसको फिल्म 'सीक्रेट सुपरस्टार'को हालैमा ट्रेलर लञ्च गरेका छन् ।  
 
Most Visited News (monthly)