Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कृ' तिहारमा पनि रिलिज नहुने

फिल्मीखबर, काठमाण्डौ, 2017/08/05
नेपाली चलचित्र ‘कृ’ अन्ततः तिहारमा पनि रिलिज नहुने भएको छ । तिहारको अवसर पारेर कात्तिक ३ गतेलाई प्रदर्शन मिति तोकेर फस्टलुक रिलिज गरिएपनि छायांकन नसकिएको रिलिज मिति टरेको हो । अब चलचित्र कुन मितिमा रिलीज हुन्छ त्यो भने खुलाईएको छैन ।
 
 
अन्तिम शुटिंग सेड्यूल मनाङ भएको र मौसमका कारण मनाङ जान सक्ने अवस्था तत्काल नभएकाले छायांकन स्थगित गर्नुपरेको बताईएको छ । सोहि कारण पनि 'कृ' तिहारमा आउन सम्भव नभएको हो । यो चलचित्रलाई धेरै लोकेशनमा खिचिएको छ । हाल धम्पुसमा छायांकन सकेर टीम काठमाण्डौ फर्किने तयारीमा छ ।
 
चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी र अनुप बिक्रम शाहीको प्रमूख भूमिका छ । सुवास गिरी र भूवन केसी निर्माता रहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।
Most Visited News (monthly)