Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आनाको प्रेममा तड्पिए आशिरमान (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/08/04
 
भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज भएको छ । 'आधा कुरा' बोलको गीतमा नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् । गीतमा दुवै एकअर्काको यादमा तड्पिएको देख्न सकिन्छ । 
 
एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्द रहेको गीतमा कालीप्रसादको संगीत र सनुप पौडेलको स्वर सुन्न सकिन्छ । 
 
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् । 
 
'आधा कुरा' बोलको भिडियो हेर्नुस् :-
 

Most Visited News (monthly)