मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले आत्महत्या गर्न खोजेको खुलासा

एजेन्सी, मुम्बई, 2017/08/04
 
बलीउडका सुपरस्टार सलमान खानलाई डरलाग्दो रोग लागेको समाचार प्रकाशित भएको छ । सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो । ईदमा प्रदर्शनमा आएको फिल्म ट्युबलाईटको प्रचार प्रसारको क्रममा उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताएका थिए ।
 
ट्राइजेमिनल न्युरालजियालाई डरलाग्दो रोगको रुपमा लिइन्छ । यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । सलमानले प्रचार प्रसारकै क्रममा आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको पनि खुलासा गरेका थिए । 
 
ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर हो, जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ । यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ । यस्तो तीब्र पिडा र जलन केहि सेकेण्डदेखि दुइ मिनेट सम्म रहन्छ ।