Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ह्याप्पी न्यु ईयर'को टीजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/08/03
नझुकिनुस्, बलीउडस्टार शाहरुख खान अभिनित फिल्म 'ह्याप्पी न्यु ईयर'को टीजर फेरि रिलिज भएको होइन । २०१४ मा शाहरुख खान अभिनित बलीउड फिल्म 'ह्याप्पी न्यु ईयर' प्रदर्शनमा आएको थियो । यही नाममा नेपाली फिल्म पनि निर्माण भएको छ । 
 
देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म 'ह्याप्पी न्यु ईयर'को हालैमा रिलिज डेट र टीजर सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्ममा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने निर्माता रती थापाले जानकारी दिए । सार्वजनिक फिल्मको टीजरमा अष्ट्रेलियाका रमणीय दृश्यहरु कैद गरिएको छ । 
 

 

लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।
Most Visited News (monthly)