.jpg)
वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'ड्रिम्स'बाट नेपाली रजतपटमा भित्रिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सबैभन्दा चर्चित र व्यस्त नायिका हुन् । डेब्यू फिल्मले नै नसोचेको सफलता हात पारेपछि अहिले उनलाई नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । 'ड्रिम्स'मा साम्राज्ञीले अनमोल केसीको अपोजिटमा अभिनय गरेकी थिइन् ।
अनमोल अहिले आफ्नो नयाँ फिल्म 'कृ'को छायांकनमा व्यस्त छन् भने साम्राज्ञी अभिनित फिल्म 'तिमीसँग' र 'ए मेरो हजुर २' प्रदर्शनको तयारीमा छन् । 'तिमीसँग' भाद्र ८ गतेबाट अल नेपाल प्रदर्शनमा आउदैछ भने 'ए मेरो हजुर २' भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अनमोल केसी
अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स'बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञीको क्रेज अहिले गज्जबको छ । त्यो सामाजिक सञ्जालमा पनि देखिन्छ । फेसबुक र इन्टाग्राममा साम्राज्ञीका लाखौ फ्यान छन् । फेसबुक लाइक पेजमा साम्राज्ञीका २ लाख ३८ हजार भन्दा बढी फ्यान पुगिसकेका छन् । फेसबुकमा साम्राज्ञीभन्दा अनमोल अगाडि छन् । अनमोलका ३ लाख ७ हजारभन्दा बढी फ्यान फेसबुक लाइक पेजमा पुगेका छन् ।
इन्टाग्राममा भने अनमोललाई साम्राज्ञीले उछिनेकी छिन् । साम्राज्ञीले इन्टाग्राममा ८ सय ११ वटा फोटोहरु पोष्ट गरिसकेकी छिन् भने उनलाई १ लाख ७२ हजारले पछ्याउँछन् । यस्तै, उनले पनि ६ सय ७ जना अरु कोहीँलाई पछ्याउँछिन् । यो मामलामा अनमोल झण्डै ३० हजारले पछाडि छन् । हुनत, उनी खासै सामाजिक सञ्जालमा सक्रिय नरहने भएका कारण उनलाई साम्राज्ञीको तुलनामा कम फलोअर्स मिलेको छ । अनमोलले हालसम्म इन्टाग्राममा ३ सय ५२ फोटो पोष्ट गरेका छन् भने उनलाई १ लाख ३५ हजारले पछ्याउँछन् । उनले भने ४ सय ३४ जना अरुलाई पछ्याउँछन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह
सामाजिक सञ्जालमा अनमोललाई समेत टक्कर दिएकी साम्राज्ञी युवापुस्तामाझ बलियो क्रेज बोकेकी नायिका हुन् । 'ड्रिम्स'बाहेक अन्य फिल्म रिलिज नभएपनि साम्राज्ञीको माग र चर्चा अन्य नेपाली नायिकाहरुभन्दा उच्च छ । अहिले उनी 'इन्टु मिन्टु लण्डनमा' नामक फिल्मको काममा व्यस्त छिन् ।

