मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३ वर्षपछि पर्दामा आना

फिल्मीखबर, काठमाण्डौ, 2017/08/01
३ वर्ष अगाडि प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘जेरी’बाट नायिका आना शर्माले सर्वत्र तारिफ पोल्टामा बटुलिन् । उनको कामको जताततै चर्चा भयो । फिल्ममा उनको मुख्य भूमिका थियो । पहिलो फिल्मबाटै सुन्दरता र अभिनयको जादु छरेकी आनाको ‘जेरी’पछि भने अन्य कुनैपनि फिल्म प्रदर्शनमा आएका छैनन् । 
 
झण्डै ३ वर्ष भयो उनलाई दर्शकहरुले पर्दामा देख्न नपाएको पनि । के दर्शकहरुले ‘जेरी’की आनालाई ३ वर्षसम्म सम्झिरहेका छन् कि विर्सि सके ? सायद आना पनि अहिले यसको उत्तर खोज्दिैछिन् । तर, चाँडै उनी नयाँ फिल्ममार्फत पर्दामा कमब्याक गर्दैछिन् । 
 
‘जेरी’मा अनमोल केसीसँग रोमान्स गरेकी आना अभिनित नयाँ फिल्म हो ‘ग्याङस्टार ब्लुज’ । यो फिल्ममा उनले नव-नायक आशिरमान देशराज श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । एउटा कलाकार जति रिजर्भ बस्यो उत्तिक्कै दर्शकहरुले पनि प्रतिक्षा गर्छन् भनिन्छ । यो धेरै हदसम्म लागू पनि भएको देखिन्छ । तर, ३ वर्षसम्म पर्दामा नदेखिँदा आनालाई यसले फाइदा गर्ला वा घाटा ? यो त ‘ग्याङस्टार ब्लुज’ ले कन्फर्म गरेको रिलिज डेट भाद्र २ गतेपछि नै थाहा हुनेछ । 
 
 
‘जेरी’ रिलिजपछि उनलाई अन्य फिल्मबाट अफर नआएका होइनन् तर उनले ‘ग्याङस्टार ब्लुज’लाई नै आफ्नो दोस्रो फिल्मको रुपमा चयन गरिन् । ‘जेरी’ पश्चात नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको आनालाई ‘ग्याङस्टार ब्लुज’ को रिजल्टले नै अब उनको आगामी करिअरको भविष्य तय गर्नेछ । 
 
‘जेरी’ रिलिजताका अनमोल र आनाको अफेयरको चर्चा पनि खुबै थियो । आना शर्माको पूरा नाम अन्नपूर्ण शर्मा हो । उनी चर्चित कोरियोग्राफर रचना शर्मा गुरुङकी छोरी हुन् । ‘ग्याङस्टार ब्लुज’ प्रदर्शनमा नआएसम्म उनले अर्को फिल्ममा हात नहाल्ने बताइसकेकी छिन् । 
 
फिल्मको ट्रेलर र दुई गीत समेत रिलिज भैसकेका छन् । ट्रेलर र गीतबाटै फिल्मले राम्रो हाइप बनाइसकेको छ । यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् । 
 
ट्रेलर हेर्नुस् :-