मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान बन्न चाहन्छन् पिता

एजेन्सी, मुम्बई, 2017/08/01
 
बलीउडका चर्चित अभिनेता सलमान खानलाई वर्षौदेखि एउटै प्रश्नले सताइरहेको छ, विवाह कहिले गर्ने ? तर, उनी सधै घुमाउरो उत्तर दिँदै विवाहको विषयमा खासै कुरा गर्दैनन् । पछिल्लो समय त उनी विवाहको प्रश्न पनि सुन्न चाहँदैनन् । तर, उनले बच्चासँग जोडिएको एक प्रश्नको भने हालैमा उत्तर फर्काएका छन् । 
 
सलमानले भने, 'यदी आगामी २-३ वर्षमा वा त्योभन्दा पछाडि म पिता बने भने यसको पछाडि मात्र एक कारण हुन सक्छ र यो कि मेरो माता पिताले बच्चालाई हेर्नुहुनेछ । मलाई लाग्दैन कि समय निस्कन्छ । तर, सायद जब म ७० वर्षको हुनेछु र मेरो बच्चा २० वर्षको हुनेछ, तब मलाई यो कुराको महशुस हुनेछ । म निकट भविष्यमा नै बच्चा चाहन्छु । यसको कारण मात्र यो हो कि दुई वा तीन वर्षमा मेरो माता पिता बच्चालाई हेर्नुहुनेछ ।' 
 
यदी सलमानले विवाह नगरि पिता बने भने उनी पनि बलीउडका ति सेलिब्रिटीजमा सामेल हुनेछन्, जो विवाह नै नगरि पिता बनेका छन् । यो लिस्टमा करण जौहर र तुषार कपूर सामेल छन् ।