मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘प्रेम गीत-३’ बन्नु पर्छ : प्रदीप खड्का

फिल्मीखबर, काठमाण्डौ, 2017/07/31
 
शुक्रवारबाट प्रदर्शनमा आएको प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत २’ ले हाल सिनेमा हलहरुमा सानदार कलेक्सन गरिरहेको छ । फिल्मीखबर डटकमलाई ‘प्रेमगीत २’ टीमबाट प्राप्त जानकारी अनुसार, प्रदर्शनको दोस्रो दिन देशभर गरि २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस विजनेश गरेको फिल्मले तीन दिनमा ३ करोड ग्रस विजनेश गरेको छ । 
 
प्रदर्शनको पहिलो र दोस्रो दिन बम्पर ओपनिङ गरेको फिल्मलाई आइतवार र सोमवार पनि दर्शकहरुले राम्रो दिएका छन् । तेस्रो दिनको कलेक्शनसँगै फिल्म नाफाको बाटोमा अगाडि बढेको छ । निर्माता सन्तोष सेनले दिएको जानकारीलाई आधार मान्ने हो भने फिल्म ‘प्रेमगीत २’ २ करोडको लागतमा निर्माण भएको हो । 
 
फिल्म हेरेका अधिकांश दर्शकहरुले प्रदीप खड्काको अभिनय र कथावस्तुलाई निकै रुचाएका छन् । आइतवार ८ औं पटक रंग पत्रकारसँग बसेर राजधानीको कुमारी हलमा फिल्म हेरेका नायक प्रदीप खड्काले दर्शकहरुले आफ्नो कमेडी पाटोदेखि एक्सनसम्म सबै मन पराएको बताए । 
 
‘प्रेमगीत २’ हेरेपछि दर्शकहरुले ‘प्रेमगीत ३’ को प्रतिक्षा गरेका हुन् ? पत्रकारको प्रश्नको उत्तर दिँदै प्रदीपले भने, हो, दर्शकहरुले फिल्म हेरेपछि ‘प्रेमगीत ३’ बन्नु पर्छ भनेर सुझाब दिनुभयो । यो हाम्रो लागि सफलता हो । फिल्म हेरिसकेपछि दर्शकहरुले दोस्रो, तेस्रो, चौँथो, पाँचौ सिक्वेलको प्रतिक्षा गर्नु सुखद कुरा हो । म पनि चाहन्छु ‘प्रेमगीत ३’ बन्नु पर्छ ।' उनले फिल्मका लागि ६ महिना लगाएर पालेको कपाललाई पनि दर्शकहरुले रुचाएकोमा खुशी व्यक्त गरे । 
 
 
कस्तो छ ‘प्रेमगीत २’ ? 
 
म्यानमारबाट हजुरआमाको देश नेपाल घुम्न आएकी गीत (अश्लेषा ठकुरी) र नेपालमा बुबाको व्यवसायमा सहयोग गर्दै आइरहेका प्रेम (प्रदीप खड्का) बिचको प्रेम कथालाई निर्देशक रामशरण पाठकले आकर्षक तरिकाले बुनेका छन् । काठमाडौंदेखि नेपालको मुर्मा गाउँसम्म पुग्दा प्रेम गीतको माया चुर्लुम्ब डुब्छन् । छोटो बसाईमा नेपाल घुम्न आएकी गीत अध्ययनका लागि थाइल्याण्ड गएपछि नेपालमा प्रदीप तड्पिन्छन् । 
 
गीतको मायाले उनलाई थाइल्याण्डसम्म पुराउँछ । त्यहाँ गीतलाई खोज्दा प्रेमले पाएको दुःख निकै दर्दनाक तरिकाले देखाइएको छ । थाइल्याण्डमा नै अंगत् (सन्तोष सेन) सँग गीत (अश्लेषा ठकुरी)लाई पाउनका लागि प्रदीपले गर्ने अन्डरग्राउण्ड फाइट पनि कम्ता दमदार छैन् । फिल्मको सबैभन्दा बलियो पक्ष भनेको प्रदीपको अभिनय, छायांकन, लोकेशन, ब्याकग्राउण्ड स्कोर र क्लाईमेक्स हो । 
 
फिल्मको कथावस्तु अनुसार गीतसंगीत सही ठाउँमा राखिएको छ । शिशिर भण्डारीको कमेडी पाटो तारिफ योग्य छ । फिल्मको सबैभन्दा कमजोरी भनेको नायिका अश्लेषा ठकुरीको अभिनय हो । उनको अभिनयबाटै के स्पष्ट हुन्छ भने वर्कसपमा उनले धेरै समय विताएकी थिइनन् । तर, सेकेन्ड हाफबाट भने गीत (अश्लेषा ठकुरी)को अभिनयले पनि धेरै हदसम्म मन छुन सफल हुन्छ । समग्रमा ‘प्रेमगीत २’ पैसा असुल फिल्म हो ।