मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘देश खोज्दै जाँदा’ मा भुटानी शरणार्थीको कथा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/31
 
नेपालमा दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथा प्रस्तुत गरिएको फिल्म ‘देश खोज्दै जाँदा’ भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । भुटानी शरणार्थीहरुले गरेको आन्दोलन, उनीहरुले भोगेको दुःख र उनीहरुले नेपाललाई छोडेर तेस्रो मुलुक जानु पर्दाको पीडालाई देखाइएको फिल्मलाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । 
 
सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बोल्दै निर्देशक आङदेम्बेले फिल्ममा भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक र पारिवारिक जीवनका आन्तरिक तथा बाह्य द्वन्द्वलाई मार्मिक ढंगले उजागर गरिएको बताए। कार्यक्रममा फिल्मको नयाँ ट्रेलर पनि देखाइएको थियो । 
 

यस्तै, गायक तथा नायक बाबु बोगटीले ‘देश खोज्दै जाँदा’ ले आफ्नो करिअरमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 'निकै राम्रो फिल्ममा काम गर्ने मौका पाएँ त्यो नै मेरो लागि ठूलो कुरा हो । फिल्म राम्रो बनेको छ । हामी सबैले निकै मिहिनेत गरेका छौं । ‘देश खोज्दै जाँदा’ लाई दर्शकहरुले मन पराउनुहुन्छ भन्नेमा ढुक्क छु ।', उनले भने ।  

 
 
ललितकलासँग आबद्ध निर्वासित भुटानीहरुको संस्था इफकेन्स इन्टरनेशनल फाउण्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ।
 
उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको संगीत, स्वरुपराज आचार्यको स्वर, मनोरञ्जन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन छ।