मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक १७ मा सौगात र बेनिशाको ‘झ्यानाकुटी’

फिल्मीखबर, काठमाण्डौ, 2017/07/31
 
भाद्र ८ पछि भाद्र ३० तर यी दुवै मितिमा सौगात मल्ल र बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’ प्रदर्शनमा नआउने भएको छ । यसअघि निर्माण पक्षले भाद्र ८ गतेलाई रिलिज फाइनल गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो । 
 
शदर भेषावकरसँग विवाह गरेपछि निर्मात्री निशा अधिकारीले फिल्मको काम नसकिएको भन्दै भाद्र ८ बाट हात झिकिन् र भाद्र ३० गते सौगात र बेनिशाको ‘झ्यानाकुटी’ गर्ने सोच बनाइन् । तर, भाद्र ३० गतेबाट पनि हात झिक्दै नायिका अधिकारीले फिल्मको रिलिज कात्तिक १७ गतेलाई कन्फर्म गरेकी छिन् । 
 
फिल्मीखबर डटकमका पत्रकार मनिष अन्जानसँग एक भेटको क्रममा वितरक सुनिल मानन्धरले ‘झ्यानाकुटी’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । ‘झ्यानाकुटी’बाट नायिका निशा अधिकारीले फिल्म निर्माणमा हात हालेकी हुन् । फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् ।