मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चिताले खुवाइन् बृद्धबृद्धालाई खाना

फिल्मीखबर, काठमाण्डौ, 2017/07/31
 
भाद्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लिला’ले आफ्नो प्रचार प्रसारको थालनी समाजसेवाबाट सुरु गरेको छ ।  आइतबार निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै फिल्मको प्रचारको सुरुवात गरेको हो । निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर फिल्म युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको हो । 
 
उक्त कार्यक्रममा फिल्मका अभिनेता राज कटुवाल, अभिनेत्री सञ्चिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले आफ्नै हातबाट बृद्धबृद्धालाई खाना समेत खुवाए । ‘प्रचार प्रसारको थालनी राम्रो कामबाट गर्नुपर्छ भन्ने हिसावले बृद्धबृद्धाको सेवा गरेर सुरुवात गरेका हौ’ निर्माता मध्येका एक सिपी पौडेलले भने ‘फिल्मको प्रस्तुतकर्ता कृष्ण सरको पनि जन्मदिन परेकोले आजबाट प्रचार थालिएको हो ।’
 
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन् भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेका छन् । फिल्मको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन् । 
 
हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको फिल्म ‘लिला’ प्रेम, एक्सन र सस्बेन्स लगायतले भरिपुर्ण रहेको प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए । फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।