मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हामी शरणार्थी’मा भुटानबाट लखेटिएकी शिल्पा

फिल्मीखबर, काठमाण्डौ, 2017/07/31
 
नायिका शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा आधारित भएर निर्माण गरिएको फिल्म ‘हामी शरणार्थी’ मा शिल्पाका अलावा जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय छ । फिल्ममा शिल्पाले दुई सन्तानकी आमाको भूमिका निर्वाहा गरेकी छिन् । 
 
सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक विजय लिम्बु केरुङले सत्यघट्नामा ‘हामी शरणार्थी’ निर्माण भएको बताए । 'पूर्वका विभिन्न शिविरमा रहेका शरणार्थीको बिजोगको कथालाई फिल्ममा उतारेका छौं । लामो खोज अनुसन्धानपछि फिल्म निर्माण गरेको हुँ । फिल्मले शरणार्थीको तेस्रो देश पुनर्वास, घरफिर्ती अभियान र शिविरभित्रको सामाजिक, राजनीतिक र आर्थिक द्वन्द्वलाई हुबहु उठाएको छ ।', उनले भने । 
 
यस्तै, पत्रकार भेटघाटमा उपस्थित नभएपनि 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै हाल 'विरांगना'को छायांकनमा व्यस्त नायिका शिल्पा पोख्रेलले २०४८ सालको कथालाई फिल्म हामी शरणार्थीमा उतार्ने प्रयास गरिएको बताइन् । उनले भनिन्, 'मैले फिल्मा भुटानबाट लखेटिएको महिलाको भूमिका निर्वाहा गरेको छु । भुटानबाट लखेटिँदा मेरा केही आफन्तहरुको निधन हुन्छ । र, मैले आफ्ना दुई भतिजहरु लिएर नेपाल आएको हुन्छ । फिल्ममा मैले 'भगवती' नामकी एक महिलाको भूमिका निर्वाहा गरेको छु । मैले निर्वाहा गरेको भूमिका वास्तवमै भगवतीको जीवनमा घटेको घट्ना हो । उहाँ अहिले पनि जीवित हुनुहुन्छ ।' उनले ‘हामी शरणार्थी’ मा आफूले निर्वाहा गरेको भूमिकालाई दर्शकहरुले रुचाउनेमा विश्वस्त रहेको बताइन् । 
 
केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको यो फिल्म हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ । फिल्मको वितरक आरआर फिल्मस् हो । अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् ।