मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु’ लिएर थाइल्याण्डमा पल

फिल्मीखबर, काठमाण्डौ, 2017/07/30
यस वर्षको सर्वाधिक हिट फिल्मको सूचीमा आफूलाई पहिलो स्थानमा उभ्याएको पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । रिलिजको एक हप्तामा झण्डै ४ करोड नजिकको व्यापार गरेको यो फिल्म रिलिजभन्दा अगाडिदेखि नै गीतसंगीत र ट्रेलरका कारण खुबै चर्चामा थियो । 
 
फिल्मका निर्देशक सुदर्शन थापा भन्छन्–‘तेश्रो सातामा पनि हामीले पाएको शोहरुमा दर्शकको उपस्थिती राम्रो छ । शुक्रबार र शनिबार फिल्मले राम्रो व्याापर गरेको छ ।’ नेपालबाटै लगानी सुरक्षित गरेर निर्माताको गोजी भरेको यो फिल्म विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन भैरहेको छ । फिल्मको प्रदर्शनका लागि नायक पल शाह र कलाकार शोभित बस्नेत अहिले थाइल्याण्ड पुगेका छन् । 
 
थाइल्याण्डमा शनिबार बेलुकी आयोजित शोमा दर्शकको चाप उच्च देखिएको छ । थाइल्याण्डबाट पलले भने–‘दर्शकले टिकट नपाएर फर्किनुपर्‍यो । दर्शकको उच्च चाप र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले निकै खुशी लागेको छ ।’ थाइल्याण्डमा अझै केही शोहरु हुनेछ । पल सम्पूर्ण शो सकेर मात्र नेपाल फर्कनेछन् । जापान, अष्ट्रेलिया, हङकङका विभिन्न शहरमा चलचित्र प्रदर्शन भैसकेको छ भने केही देशमा प्रदर्शन हुन बाँकी छ । 
 
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु'लाई 'प्रेमगीत' फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 
 
सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।