कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’को अडियो गीत रिलिज भएको छ । ‘रुमाल चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ ।
गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ । यो अडियो गीतको भिडियो साउन १८ गते सार्वजनिक गर्ने नायिका रेखा थापाले जानकारी दिइन् ।
झण्डै आठ वर्षपछि ठूलोपर्दामा एकसाथ स्क्रिन शेयर गरेका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन् ।
यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । ‘रुद्रप्रिया’ सरस्वती थापा र आर्यन फिल्म्स्ले निर्माण गरेको हो । ‘रुद्रप्रिया’ को कथाबस्तु एक्शन लभमा आधारित छ ।

